Logo

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन



काठमाडौँ,१४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएको हो ।

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा एमाले को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिए । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेको हो । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष छन् । । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा माओवादी केन्द्र बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ । रासस



प्रतिक्रिया दिनुहोस्