Logo

देशभर वडा तहसम्म तालमेलमा जुट्यो गठबन्धन



काठमाडौं, १४ वैशाख । पाँच दलीय सत्ता गठबन्धन स्थानीय चुनावमा देशभर वडा तहसम्म तालमेलमा जुटेको छ । आज बैठक बसेर गठबन्धनको निर्णय विपरित गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने सहमति बनाएसँगै तालमेलमा जुटेका हुन् ।

अब उम्मेदवारी दर्ता गरेको भएपनि फिर्ता गराएर पालिकाका वडा तहसम्म बाँडफाँटको समझदारी गर्ने निर्णय गरेका छन् । सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णय समेत गरेका छन् ।

गठबन्धनका नेताहरुको हस्ताक्षरसहित ७ बुँदे सम्झौतापछि देशभरका वडा तहसम्म गठबन्धन मिलाउन पाँच दलको संयन्त्र र स्थानीय कमिटी सक्रिय भएका छन् । १६ वैशाखसम्म सहमति बनाउनका लागि आजैबाट दलहरु सक्रिय भएका हुन् । आजको निर्णयबाट पाँच दलीय गठबन्धन वडा तहसम्म तालमेल गर्ने अवस्थामा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्