Logo

मेयरका उम्मेदवार सूर्य पोखरेलको घोषणापत्रमा “डिजिटल देउमाई”



काठमाडौं, १४ वैशाख । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट देउमाई नगरपालिकाको नगर प्रमुखका उम्मेदवार सूर्य पोख्रेलले नगरलाई समृद्ध बनाउने योजना सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएर पाँच बर्षको कार्याकाल पूरा गरेका पोखरेलले दास्रो कार्यकालमा नगरलाई थप समृद्ध बनाउने योजना सहितको घोषणा पत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको घोषणा पत्रमा सामाजिक सुरक्षाको दायरामा नगरका सम्पूर्ण नागरिकहरुलाई समावेश गर्ने नीति अनुरुप जेष्ठ नागरिकलाई थप पोशाक सहयोग, मातृ शिशु स्याहार सहयोग, जटिल प्रकृतिका रोग उपचार पहुँच सहयोग, मुटुका भल्व फेरेका र मृगौला प्रत्यारोपण गरेका बिरामीलाई निर्वाह भत्ता, पहेंलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिलाई भत्ता, तेस्रो लिङ्गी र ४५ वर्ष नाघेका अविवाहित महिलालाई भत्ताको व्यवस्था गर्ने जनाईएको छ ।

यस्तै नगरपालिकाका सबै विद्यालयहरुमा भौतिक संरचनाको सुधार, शैक्षिक गुणस्तर र प्रविधिको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गरिने जनाईएको छ उज्यालो देउमाई कार्यक्रम अन्तरगत नगरपालिकाको ९० प्रतिशत घर बस्तीहरुमा यस अघि नै विद्युतीकरणको काम सम्पन्न गरिएको छ । नगर भित्रका मुख्य बस्ती, प्रशासनिक केन्द्र तथा अन्य पालिकासँग जोड्ने रणनैतिक सडक (१० मिटर चौडाइ) ट्रयाक खोल्ने कार्य सम्पन्न यस अघि नै सम्पन्न गरिएको छ । घोषणा पत्रमा नगरका प्रशासनिक भवन निर्माण गरी सुविधा सम्पन्न बनाउने देखि लिएर “डिजिटल देउमाई” जस्ता प्रविधिका कुरा समेत जोडिएको छ । पोखरेल नेतृत्वको नगर कार्यपालिकाले यस अघि नगरपालिका सञ्चालनको लागि ४५ वटा ऐन कानुन साथै आवश्यकता अनुसार नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गरेको थियो ।

देउमाई नगरपालिकामाभएका सात वटै माध्यमिक विद्यालयहरुमा सुविधा सम्पन्न भवन तथा भौतिक संरचनाहरु निर्माण, ईन्टरनेट जडान, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको निर्माण गरी सञ्चालनमा ल्याइएकोे छ ।भानुभक्त माविमा ईञ्जिनियरिङ्ग, जितपुर माविमा पशु विज्ञान, खान्द्रुङ्ग माविमा विज्ञान विषयलाई प्राविधिक विषयको रुपमा सञ्चालनमा ल्याइएको छ । बार्षिक ९ जना विद्यार्थीहरुलाई नगर प्राविधिक छात्रवृत्ति प्रदान गरिदै आएको छ ।यस पटकको घोषणा पत्रमा पोख्रेलले “एक मावि एक प्राविधिक शिक्षा” कार्यक्रम अघि सार्नु भएके छ ।पोख्रेलले नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसईई गरेका एक जना विद्यार्थीलाई बार्षिक रुपमा चिकित्सा विज्ञान ९डाक्टर० विषय अध्ययन गर्न पाँच वर्षसम्म छात्रवृत्ति उपलब्ध योजना समेत अघि सार्नु भएको छ ।

अधिकांश वडामा बर्थिङ सेन्टरसहितको पक्की भवन स्थापना गरी सेवा प्रदान गरिदै आएकोमा छ ।प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा अत्याधुनिक उपकरण, डिजिटल एक्सरे, भिडियो एक्सरे, एनालाइजर मेशिन लगायतका उपकरणहरु जडान गरी नागरिकलाई सेवा प्रदान गरिएको छ । नगरले मृगौला प्रत्यारोपण तथा मुटुका भल्व फेरेका बिरामीहरुलाई निर्वाह भत्ता वापत मासिक रुपमा रु। ५००० (पाँच हजार) उपलब्ध गराउदै आइएको साथै जटिल प्रकृतिका रोग लागेका बिरामीहरुलाई अस्पताल सम्म जानको लागि रु। ५००० (पाँच हजार) बाटो खर्च स्वरुप उपलब्ध गराउदै आएको छ । नगरमा १५ शैयाको अस्पताल समेत निर्माण भैरहेको छ ।

नगरले हाल सम्मा ४१०० घर धुरीलाई स्वच्छ पिउनेपानीको सहज उपलब्धताको लागि खानेपानी पाइप वितरण गरेकोमा पोख्रेलले दोस्रो पटक नगर प्रमुखमा उम्मेद्धार बन्दै गर्दा नगरभित्रका सवै वडाहरुमा स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउनको लागि तयार गरिएको विस्तृत परियोजना प्रस्ताव९डिपिआर० लाई संघ, प्रदेश साथै दातृ निकायहरु सँग समन्वय गरी ५ बर्ष भित्रमा सर्वसुलभ खानेपानीको व्यवस्था गरिने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

उज्यालो देउमाई कार्यक्रमलाई पूर्णता दिन २८०० विद्युतका पोल र त्यसमा लाग्ने तार तथा ट्रान्सफर्मर ब्यवस्था गरी नयाँ विद्युतीकरण तथा काठका पोलहरु विस्थापन गरिएको थियो । नगर भित्र २ वर्षमा काठको पोल रहित शत प्रतिशत घरधुरीमा पूर्ण क्षमताको उच्च भोल्टेज सहितको विद्युत सेवा उपलब्ध गराई उज्यालो देउमाई घोषणा पर्ने पोख्रेलको प्रतिवद्धतामा उल्लेख छ ।

६६० परिवारको नागरिक आवास कार्यक्रम अन्तरगत घर निर्माण गरिएको देउमाईमा एक वर्ष भित्रमा फुसको छानो रहित नगर घोषणा गरिनेछ प्रतिबद्धता सार्वजनिक भएको छ ।

कृषि तथा पशुपंक्षी क्षेत्रको ब्यवस्थापन , सहकारी क्षेत्रको ब्यवस्थापन, पर्यटनको बिकास देखि सूचना प्रविधिमा अब्बल बनाउने सम्मका योजना अघि सारिएको छ । सामाजिक सुरक्षा भत्ता देखि एकल महिला , पुरुषलाई भत्ता समनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगर प्रमुख पोखरेलले नगरको समुचित बिकासका लागि पहिलो कार्यकालमा वाँकी रहेका अधुरा काम पुरा गर्न आफुले दोस्रो पटक उम्मेद्धवारी दिएको एबीसी नेपालीलाई जानकारी दिए ।

देउमाईमा गठबन्धनको तर्फबाट नगर प्रमुखमा काग्रेसका होम दुलाले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । देउमाई नगरपालिका इलामको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो ।



प्रतिक्रिया दिनुहोस्