Logo

कालोसुची र बन्दसुचीमा रहेकाको उम्मेदवारी रद्द गर्न आयोगको निर्देशन



काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले समानुपातिक बन्दसुचीमा रहेकाहरुको नाम नहटेको भए उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएको छ । आयोगले देशभरका निर्वाचन अधिकृतहरुलाई बिहीबार अपरान्हसम्म बन्दसुचीबाट नाम हटेमा मात्र मनोनयन स्वीकार गर्न निर्देशन दिएको हो ।

त्यस्तै, आयोगले कालोसुचीमा परेकाहरुको पनि मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द गर्ने निर्देशन दिएको छ । अदालतबाट पाएका सजाय भुक्तान नभएका र बैंकको ऋण नतिरेकाहरुलाई कालोसुचीमा राखिएको छ ।

आयोगले बन्दसुचीमा रहेकाहरुको नाम स्वीकार नगर्ने सफ्टवेयर नै तयार पारेको छ ।

 



प्रतिक्रिया दिनुहोस्