Logo

गगन थापाले भनेः सृजना सिंहसँग काठमाडौंलाई महान घर बनाउने क्षमता छ



काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाकी काँग्रेसकी मेयरकी उम्मेदवार सृजना सिंहसँग महानगरलाई महान घर बनाउने क्षमता रहेको बताएका छन् । आज सिंहको संकल्प प्रस्ताव सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै घरको सफल व्यवस्थापन गरेको सृजनाले महानगरलाई पनि महान घर बनाएर देखाउने क्षमता राखेको बताए ।

‘सृजना सिंहले काठमाडौं महानगरपालिकालाई महान घर बनाउने क्षमता राख्नुहुन्छ,’ थापाले भने,‘उहाँ सामान्य हुनुहुन्छ, करुणामयी हुनुहुन्छ । तपाईंहरुले महानगरमा उहाँबाट त्यस्तै अपेक्षा गर्नुहोस् ।’

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बालुवाटारमा डाकेर सृजना सिंहलाई महानगरपालिकाको मेयर बनाउने कुरा गरेको खुलासा गर्दै आफू सिधै चाक्सीबारी पुगेर केही प्रश्नहरु गरेको बताए । उनले भने,‘तपाईं मेयर हुनुभएपछि के गर्नुहुन्छ भनेर सोध्दा उहाँ केहीबेर अकमक्क पर्नुभयो । त्यसपछि उहाँले सार्वजनिक यातायातमा रहेको समस्या समाधान गर्ने कुरा गर्नुभयो । महिलाहरुको सार्वजनिक यातायातमा सुरक्षाको कुरा गर्नुभयो ।’ थापाले आफूले महानगरपालिकाको मेयरबाट त्यही अपेक्षा गरेको बताए ।

सृजना सिंह निकै सामान्य र सरल रहेको भन्दै त्यो स्वभावले नै सम्मानित बनाएको बताए । उनले भने,‘मेरो श्रीमती अञ्जनाले देखेको सरल र करुणाले भरिएको महिलामा उहाँ पर्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्