Logo

५ दलीय गठबन्धन ३० वैशाख लगत्तै यदुवंशजस्तो सकिने छाँटकाँट छः महेश बस्नेत



काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले वडामा ९ जनाको जनप्रतिनिधित्व आवश्यक देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “हाम्रो पार्टी ठूलो छ । ठूलो पार्टीमा दाबेदारको संख्या धेरै हुनु स्वभाविक हो । त्यसैले केही असन्तुष्टि पनि छ । वडामा ५ जना मात्र प्रतिनिधि भए । अहिले वडाको भूगोल ठूलो छ । दलित, महिलाका प्रतिनिधित्व चाहियो । कम्तीमा ९ जनासम्म राखेको भए भाग पुग्थ्यो । काम पनि प्रभावकारी हुन्थ्यो । यसमा हाम्रो ध्यान बेलैमा नपुगेको महसुस भएको छ ।”
पहिलेको तुलनामा निर्वाचन खर्चिलो नभएको उनले बताए । बस्नेतले भने, “अहिले झन्डा, माइक, ब्यानरको प्रयोग भएको छैन । पहिलेभन्दा सरल भएको छ । उम्मेदवारको खर्च पार्टीले नै गर्ने हो । हाम्रो पार्टीको ठूलो संगठन भएकाले सदस्यहरुकै सहयोगबाट चलेको छ । चुनाव भड्किलो र खर्चिलो हुन पाएको छैन ।”
५ दलीय गठबन्धन यदुवंशीय हुने खतरा रहेको बस्नेतले दाबी गरे । उनले भने, “स्थानीय निर्वाचनमा एमालेले गठबन्धन बनाएको छैन । हामी यो गठबन्धन ५ वर्ष टिकिदिओस् भन्ने चाहन्थ्यौं । तर स्थानीय तहपछि उनीहरुबीच एकले अर्कोलाई अन्तर्घात भो, हराइयो भन्दै सत्तोसराप गर्दै गठबन्धन तोड्ने क्रम सुरु हुन्छ । यो यदुवंशीय गठबन्धन हो ।”



प्रतिक्रिया दिनुहोस्