Logo

‘नो भोट’आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा मुद्दा



काठमाडौं, १६ बैशाख । ‘नो भोट’ को आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।

गत २०७० साल पुस २१ गते सर्वोच्चले दिएको ‘नो भोट’को आदेश अहिलेसम्म कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतकालाई विपक्षी बनाएर अधिवक्ता स्वागत नेपालले बिहीबार मुद्दा दर्ता गराएका हुन् ।

नेपालले अवहेलना मुद्दामा विपक्षीहरुलाई कारबाही गर्न उनले माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्