Logo

हिमालयन हाइड्रोले बैशाख २५ गतेदेखि ९ लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं, १६ बैशाख । हिमालयन हाइड्रोपावरले आगामी बैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले स्थानीयको लागि जारी पुँजीको ८.२२ प्रतिशत शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

हाइड्रोको आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका–१ का साविक पाँचे गाविसका सबै वडाहरु, वडा नं २ साविकको नामार्जुन गाविसका सबै वडाका बासिन्दलाई ९ लाख कित्ता बराबरको प्राथमिक शेयर जारी गर्ने भएको हो ।

यसैगरी आईपीओमा वडा ३ र ४ का साविकको थुमाकोडाँडा गाविसका सबै वडा र ६ र ७ साविकको सिल्दुजुरे गाविसका सबै वडाका बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओमा छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जठ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्