Logo

चुनावले फुटाइदियो विप्लव समूह



काठमाडौं, १७ वैशाख । विप्लव समूहका रुपमा चिनिने गरेको नेपाल कम्युनिस्ट पार्टीभित्र दुई पक्ष एक अर्कालाई निष्काशन गर्ने प्रतिष्पर्धामा छन् । महासचिव विप्लव समूहले अर्को गुटका हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई निष्काशन गरे । तर, वली र बास्तोलाले १६ वैशाखमा विज्ञप्ति जारी गरी कारबाही खारेज गरिएको जनाएका छन् ।

विप्लव र प्रकाण्डविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै वली र बास्तोलाले सच्चिन भनेका छन् । यसले विप्लव समूह फुटेर कमजोर अवस्थामा पुगेको छ ।
विप्लव समूहको फुटको कारण चुनाव रहेको छ । विप्लवले चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्न कार्यकर्तालाई विभिन्न तरिकाले भाग लिन लगाए । कार्यकर्तामा पनि चुनाव मोह देखियो । कतिपयले विभिन्न दल या स्वतन्त्र माध्यमले चुनावमा उम्मेदवारी दिए । तर, बास्तोला र वली चुनावमा भाग लिन नहुने पक्षमा उभिए । उनीहरुले उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन भने ।

विप्लवका कार्यकर्ता छापामार शैलीमा विभिन्न दलभित्र घुसेर उम्मेदवार बने । त्यो योजनावद्ध थियो । तर, वली र बास्तोला विरोधमा उत्रिए । उनीहरुले संघर्षमै जानुपर्ने र चुनावमा जान नहुने अडान कसे । यसले विप्लव समूहलाई विभाजित बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot