Logo

अमेरिकाले ७ अर्ब डलरको सैन्य सामाग्री अफगानिस्तानमा छाडेको खुलासा



एजेन्सी, १७ वैशाख । अमेरिकी सैनिकले अफगानिस्तान छाड्दा ७ अर्ब १२ करोड डलर बराबरको सैन्य सामाग्री छाडेको खुलेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सैनिक फिर्ता गर्दा उक्त परिणामको सामाग्री छाडेको आँकडा निकालेको हो ।

गत वर्षको ३० अगष्टमा अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएका थिए । त्यतिबेला अमेरिकाले ८ खर्ब नेपाली रुपैयाँ बराबरको सैनिक सामाग्री छाडेको हो । ती सामाग्रीहरुमा युद्धक विमान, सैनिक गाडी, हतियार, सञ्चार सामाग्री रहेको अमेरिकी रक्षा मन्त्रालयको रिपोर्ट उल्लेख गर्दै सीएनएनले जनाएको छ ।

अमेरिकी सैनिकले कतिपय सामाग्री नष्ट नगरेको जनाइएको छ । कतिपय सामाग्रीहरु पुनः ममर्त गर्नुपर्ने हालतमा रहेको उल्लेख छ ।
बेलायतका सैनिकहरु फर्कंदा भने सैनिक सामाग्रीहरु नष्ट गरेका थिए । उनीहरुले कतिपय सामाग्री फिर्ता ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot