Logo

जिम्बावे ‘ए’ टीमसँग नेपाल ६ विकेटले पराजित



काठमाडौं, १८ बैशाख । नेपाल जिम्बावे ए टिमसँग ६ विकेटले पराजित भएको छ । पहिलो टी–२० खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पुरा गरेको हो ।

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गले अर्धशतक प्रहार गरेका थिए भने मारुवानीले सर्वाधिक ५६ रन बनाए । मारुमानीले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

बसिर अमहदले दुई र करण र सन्दीप लामिछानेले एक विकेट लिएका थिए । कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए भने रोहित पौडलले २६ बलमा ३६ र दिपेन्द सिंह ऐरीले १३ बलामा २८ रन जोडे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot