Logo

मोदीले यूरोप भ्रमणमा क-कस्लाई भेट्दैछन् ?



एजेन्सी, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको तीन दिने भ्रमण सुरु गरेका छन् । आज उनी जर्मनी पुगेका छन् ।

मोदी पहिलो दिन जर्मनीको बर्लिनमा आयोजित कार्यक्रममा सहभागी हुने भारतको प्रधानमन्त्री कार्यालयले ट्वीटमार्फत् जनाएको छ । मोदीले जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्नेछन् ।

मङ्गलबार मोदी डेनमार्कको भ्रमणमा पुग्नेछन् । उनले नारडिक राष्ट्रका नेताहरुलाई भेट्ने तय भएको छ । उनी फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनसँग भेटेर भारत फर्कने जनाइएको छ ।

भारतले रुस र युक्रेनबीचको युद्धमा तटस्थ भूमिका निभाइरहँदा मोदीको यूरोप भ्रमण हुन लागेको हो । यूरोपेली देशहरुले भारतलाई रुसविरुद्ध उभिन दबाब दिइरहेका छन् । तर, भारतले रुससँगको परम्परागत सम्बन्धलाई दृष्टिगत गरी तटस्थ भूमिका निभाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot