काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन निर्वाचन आयोगले महिला पुनस्थापना केन्द्र (ओरेक)लार्ई निर्देशन दिएको छ ।
एमालेका उम्मेदवार स्थापितविरुद्ध जारी गरेको वक्तव्य तीन दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न समेत ओरकलाई आयोगले निर्देशन दिएको हो ।
स्थापितविरुद्ध उम्मेदवारी खारेज गर्न माग गर्दै दिएको प्रेश वक्तव्य आचारसंसहिता विपरित रहेको समेत आयोगले ठहर छ ।
ओरेक र त्यसमा आबद्ध ४० वटा परियोजनाले स्थापितको उम्मेदवारी २४ घण्टाभित्र फिर्ता लिएर हटाउन आग्रह गरेका थिए । सामाजिक संस्थाले कुनै उम्मेदवारलाई मत देउ वा नदेउ भन्न पाउने विषयमा ३ दिनभित्र स्पष्टिकरण समेत माग गरेको छ ।