Logo

विमानस्थलमा बम नभेटेपछि सुचना दिने व्यक्तिको खोजी गर्दै प्रहरी (तस्विर हेरौ)



काठमाडौं, बैशाख २१ । काठमाडौं विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल परिसर बम रहेको हल्लापछि दुई घण्टादेखि उडान प्रभावित भएको छ ।

मुस्लिम व्यक्तिले फोन गरेर हिन्दी भाषामा विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खालि गरेर सर्च अप्रेशन चलाएको थियो ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा करिव एक घण्टा बमको खोजि गरेपछि बम नभेटेपछि उडान सुरु गरिएको छ ।

सर्च अप्रेशनमा बम वा अन्य कुनै शंकास्पद वस्तु फेला नपरेपछि प्रहरीले सुचना दिने व्यक्तिको खोजी सुरु गरेको छ । प्रारम्भीक अनुसन्धानमा विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलमा बम रहेको भ्रम फैलाएको बुभिएको छ ।

Photo : Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्