काठमाडौं, बैशाख २२ । सत्ता गठबन्धनका शीर्ष नेताले आज चितवनमा सम्बोधन गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । सभाका लागि बुधबार तयार पारिएको मञ्च र टेन्टहरू विहिबार विहान परेको पानिले डुबानमा परेका छन् ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो ।
अहिले जलमग्न उक्त क्षेत्रमा जेनेरेटरको प्रयोगले पानी फाल्ने काम सुरु भएको छ भने सभा स्थानका लागि वैकल्पिक स्थानको समेत व्यवस्थापनको तयारी भईरहेको छ ।