Logo

भोजपुरमा कुन कुन दलले बाजी मार्लान्



काठमाडौं, २३ वैशाख । भोजपुर प्रदेश १ को महत्वपूर्ण जिल्ला हो । भाजपुरलाई राजनीतिक क्षेत्र बनाएर केन्द्रीय राजनीतिमा प्रभावशाली बन्नेहरु धेरै छन् ।

प्रदेश १ को वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि भोजपुरकै हुन् । यसकारण पनि जिल्लामा स्थानीय तहको चुनावलाई उनले प्रतिष्ठाको विषय बनाएका छन् ।

२०७४ को स्थानीय तहको चुनावमा भोजपुरमा काँग्रेस र एमालेबीच नै मुख्य प्रतिपर्धा भएको थियो । दुवै दलले समान ४ पालिकामा प्रमुख पदमा जित हासिल गरेका थिए । माओवादीले १ पालिका जितेको थियो । कुल ९ पालिका रहेको भोजपुरमा ४ पालिकामा गठबन्धन बनेको छ । बाँकी ५ मा गठबन्धन छैन ।

गठबन्धनसँग एमालेकै मुख्य प्रतिष्पर्धा हुँदैछ । तर, फुटेका कारण एमालेलाई विगतको अवस्थामा रहन चुनौती छ ।

यसपटक गठबन्धनले फाइदा माओवादी र नेकपा एकीकृत समाजवादीलाई हुनसक्छ । उनीहरुले पालिकाको प्रमुख र उपप्रमुखमा केही सिट जित्ने आशा राखेको देखिन्छ । काँग्रेसले गठबन्धनका अन्य दलको मत राम्ररी पाएमा र अन्य दलले पनि काँग्रेसको मत पाएमा एमालेलाई ठूलो चुनौती हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्