Logo

चीनमा हुने भनिएको १९औं एसियाली खेलकुद स्थगित



काठमाडौं, २३ बैशाख । चीनमा हुने भनिएको १९औं एसियाली खेलकुद स्थगित भएको छ । होङझोङ शहरमा सेप्टेम्बरमा हुने तय भएको एसियाली खेलकुद अनिश्चित समयको लागि स्थगित भएको हो ।

एसियन ओलम्पिक परिषद (ओसीए) ले सेप्टेम्बर १० देखि २५ गते सम्म आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गरेको वेबसाइटमार्फत जानकारी दिएको छ ।

यसअघि नै चीनका सञ्चार माध्यमहरुले प्रतियोगिता स्थगित भएको सुचना दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot