Logo

तालिवानले महिलालाई सार्वजनिक स्थलहरुमा मुख ढाक्न अनिवार्य गरेपछि…



एजेन्सी, २५ वैशाख । तालिवानले महिलालाई सार्वजनिक स्थलहरुमा मुख ढाक्न अनिवार्य गरेका छन् । महिलाले अनिवार्य हिजाब लगाएर मात्र सार्वजनिक स्थलहरुमा आउन पाउने गरेपछि विश्व समुदायले चासो दिएको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले यसबारे चासो दिदै महिलाको सम्मान र सुरक्षाविरुद्ध रहेको भनेको छ । उसले मानवअधिकारको गम्भीर उल्लंघन समेत भनेको छ ।

यसैगरी, क्यानडाले पनि यसबारे चासो दिदै आपत्ती जनाएको छ । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि महिलाविरुद्ध कठोर कदमहरु चाल्दै आएको छ ।

अफगानिस्तानमा ६ कक्षाभन्दा माथिको छात्रा विद्यालय बन्द गरिएका छन् । महिलाहरु विद्यालय जानबाट वञ्चित गरिएका छन् ।

तालिवानका प्रमुख नेता मुल्लाह हिबातुल्ला अखुनजाडाको भनाईलाई काबुलमा शनिबार पत्रकार सम्मेलन गरी महिलाले अनिवार्य मुख छोप्नुपर्ने विषयबारे उल्लेख गरेका छन् । सार्वजनिक स्थलमा मुख छोप्ने हिजाब लगाउन अस्वीकार गर्नेका परिवारका पुरुषलाई जेल हाल्ने सम्मको धम्की दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot