Logo

‘सुकुम्बासीमुक्त सहर निर्माण गर्छौं’



काठमाडौँ,२५ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाए। महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए । केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot