Logo

प्रधानमन्त्रीले आज गृह जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै, मतदान गरेर मात्रै काठमाडौं फर्कने



२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृह जिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

सोमबार गृह पालिकाको चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज जिल्ला सदरमुकाम र परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले अहिले साढे १० बजे सदरमुकामको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्नेछन् ।

सोमबार डडेलधुरा पुगेका देउवा ३० गते निर्वाचनमा पतदान गरेर मात्रै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको वडा न १ को असिग्राम मा वि बुथ केन्द्रमा मतदान गर्नेछन् । कांग्रेसले मोरङबाट चुनावी सभाको सुरुवात गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्