Logo

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : :स्थापित



काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन भनेका छन् ।

आज (मंगलबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ। कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु, मेरो हाउभाउले कसैलाई पीडा भएको छ भने माफ पाउँ। हाम्रो संस्कारमा क्षमा माग्न पाइन्छ। केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ।’



प्रतिक्रिया दिनुहोस्