दाङ, २८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ ।
बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।
तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ ।
अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ ।
तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।