झापा, ३० वैशाख। झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म एक लाख ४२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो कुल मतदाताको २३ प्रतिशत हो ।
झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ ।
झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो ।
नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ । बिहानैबाट मतदानस्थलमा मतदाताको भिड लागेको छ ।
मतदानस्थलमा मतदाताको उत्साहजनको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ८२ प्रतिशत मत खस्ने अनुमान गरेको छ ।