Logo

इलामको देउमाई नगरपालिकामा मतगणनामा विवाद हुँदा झडप, प्रहरीद्वारा हवाई फायर



इलाम, ३१ वैशाख । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ । मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो ।

विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । घटनापछि झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ ।

देउमाईमा मतगणना नै रोकिएको छ । स्थिति सामान्य बनाएर छलफल गरी मतगणना अगाडि बढाउने तयारी भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी नै देउमाई पुगेका छन् । उनले सर्वदलीय बैठक डाकेर मतगणना पुनः सुरु गराउने बुझिएको छ । -File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot