Logo

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता



डडेल्धुरा, ३१ वैशाख :प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ।

मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्