Logo

भरतपुर महानगरमा रेनु दाहाल पछि परिन्, एमालेका विजयी सुवेदीले लिए अग्रता



काठमाडौं, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।

अहिलेसम्म १०१ मत गन्दा मेयरमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता लिएका छन्।

उनले ४१ मत पाउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३७ मत पाएकी छन्।

स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन्।

मतगणना जारी छ। यसअघि दाहालले सुवेदीलाई उछिनेकी थिईन् ।

दाहाल र सुवेदीबीच सुरुवातदेखि नै उछिनपाछिन चलिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्