Logo

हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि



हेटौंडा, ३१ वैशाख : हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।

नेकपा एमालेको तर्फबाट अनन्त पौडेले ३७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनको नेपाली कांग्रेसका राजेश बानियाँले ५७५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot