Logo

डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलितालबाट खोल्यो खाता



डडेल्धुरा, जेठ १ । नेकपा माओवादी र नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएपछी डडेल्धुरामा दुई वटै पार्टीले पहिलो खाता खोलेका छन् । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–१ मा माओवादीबाट लाल बहादुर धामी बिजयी भएका छन् ।

४३९ मत प्राप्त गरी उनि निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ६८ मतअन्तरले निकटतम प्रतिद्धन्दीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार यज्ञ बहादुर देउवा भित्रिमधेशकै आलिता गाउँपालिका–१ मा निर्वाचित भएका छन् । उनी निर्वाचित भए संगै एमालेले पनि स्थानीय तहको निर्वाचनमा खाता खोल्न सफल भएको छ ।

उनले ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी संगै हिमा ओली ४२४ र दलित महिला सदस्यमा नारदा देबि कामी ३९२ मत प्राप्त गरी बिजयी भएका छन । उनको प्यानलमा रहेका खुला सदस्य प्रकाश थापा र तुलाराम बोहरा पराजित भए ।

खुला सदस्यमा नेपाली कांग्रेसबाट राम बहादुर बोगटी र कृष्ण खड्का बिजयी भएका छन । बिजयी भएका प्रतिनिधीहरु लाई एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा घोषण गरिने निर्वाचन अधिकृत मदन राज जोशिले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित देउवा संग नेपाली काँग्रेसका गम्भिर सिंह बोहराले ३७७ मत प्राप्त गरे । बोहरा देउवा संग ८० मतले पराजित भए । यस वडामा रहेका कुल मतदाता संख्या १३६७ मध्ये ९५७ मत खसेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot