Logo

अपडेट : बर्दिवास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार प्रल्हाद क्षेत्री ३ सय मतले अगाडि



काठमाडौं, १ जेठ । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना जारी छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले १११९ मत ल्याएर लिड गरिरहेका छन् ।

उनलाई नेकपा (माओवादी केन्द्र) का राजु खड्काले ८३८ मत ल्याएर पछ्याएका छन् । नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ७८४ मत पाएका छन् ।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णमाया गौतमले ८६३, स्वतन्त्र उम्मेदवार तारा देवीले ७४३ र नेकपा एमालेकी उम्मेदवार दुर्गा दाहालले ७०२ मत पाएकी छन् ।

बर्दिवास पहिले माओवादीले जितेको नगरपालिका हो । यो माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको गृहक्षेत्र हो ।



प्रतिक्रिया दिनुहोस्