Logo

अपडेट : भरतपुरमा रेनु दाहालको अग्रता कायमै, विजयी सुवेदी पछिपछि



काठमाडौं, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरिरहेकी छिन् ।

अहिलेसम्म २५८१ मत गणना हुँदा दाहालले ९ सय ८० मत ल्याएकी छन्। दाहाल सत्ता गठबन्धनकी साझा उम्मेद्धवार हुन् ।

उता, नेकपा (एमाले) बाट उम्मेद्धवार बनेका विजयी सुवेदीले ८ सय ७१ मत ल्याएर रेनुलाई पछ्याईरहेका छन् । सुवेदी एमाले-राप्रपा गठबन्धनका साझा उम्मेद्धवार हुन् ।

त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्। पौडेल कांग्रेसबाट बागी उठेका हुन् । रेनु र विजयीबीच १ सय ९ मतको अन्तर छ ।



प्रतिक्रिया दिनुहोस्