Logo

पाल्पा : तिनाउ-१ मा एमाले विजयी



बुटवल, १ जेठ : पाल्पाको तिनाउ गाउँपालिकातिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए । तिनाउ-१ मा २ हजार १५० मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्