खोटाङ, १ जेठ : खोटाङका दुई वडामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।
माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।
खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।
यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन् ।
खुला दुई सदस्य पनि महिला छन् ।