Logo

काठमाडौं महानगरको मतगणना अपडेट : बालेनले २ हजार मत कटाउँदा स्थापित र सिंहले बल्ल हजार कटाए



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।

अहिलेसम्म स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

उनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले भने ११६४ मत ल्याएका छन्।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्