Logo

राप्रपाका ११ वटा वडाध्यक्ष विजयी, १३ पालिकामा अग्रता : प्रवक्ता ज्ञानेन्द्र शाही



काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले हालसम्म २.२५% मत परिमाण आउँदा राप्रपाले ११ वटा वडाध्यक्षमा बिजय प्राप्त गरेको बताएका छन् ।

शाहीले राप्रपाले १३ वटा पालिका र नगरपालिका प्रमुखमा अग्रता लिइरहेको र देशै भरी दोस्रो र तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको दाबी गरेका छन् ।

‘यहि परिमाण आउने हो भने करिब २०० वडा भन्दा बढी र ३० वटा भन्दा बढी पालिका र नगरपालिका प्रमुखमा जित्ने सम्भावना देखिन्छ हामीले सोचे भन्दा राम्रो परिमाण ल्याइन्छ ।’–शाहीले भने ।

शाहीका अनुसार हालसम्म जितेका वडा अध्यक्षहरु
१. कपिलवस्तुको कृष्णनगरमा १ मा राप्रपाका टुकनाथ चौधरीको प्यानलसहित बिजय
२. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा बिजय
३. रुपहेन्दिको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)
४. माडी नगरपालिका (चितवन) वडा न.१ को अध्यक्ष पदमा अमित लामा
५.सिद्धार्थनगर नगरपालिका रूपन्देही वार्ड न. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
५. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रासाद सिंह अध्यक्ष लगायत सम्पूर्ण उमेदवारहरु निर्वाचित ।
६. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा राप्रपाका दिल बहादुर बलायर प्यानल सहित विजयी
७. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा  र गणेश बहादुर विष्ट प्यानलसहित बिजय
८. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्कीको राप्रपाको प्यानल विजयी
९. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ बिजय
१०. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल नै बिजयी
११. कंचनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल बिजय ।



प्रतिक्रिया दिनुहोस्