Logo

नवलपुरको बौदीकालीमा एमालेका ओझा विजयी



नवलपुर, १ जेठ । नवलपुरको बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश ओझा विजयी भएका छन् ।

ओझा ३९७६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार केवी रानाले ३५४१ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार डिलकुमारी सारु निर्वाचित भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्