Logo

भरतपुर महानगर : रेनु दाहाललाई विजय सुवेदीको कडा टक्कर, ६७ मतको फरक



काठमाडौं, १ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

तर, उनलाई एमालेका मेयरका उम्मेद्धवार विजय सुवेदीले कडा टक्कर दिएका छन् ।

अहिलेसम्म ३९ सय ७७ मत गणना सकिएको छ । जसमा दाहाल १३७२ मत पाएकी छन्।

उनी सत्तापक्षीय गठबन्धनकी उम्मेद्धवार हुन् । उता, सुवेदीले १३०५ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्