Logo

बझाङको थलारामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी



बझाङ, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । रोकायाले २७७४ मत ल्याएका निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११२ मत ल्याएका छन् । त्यस्तै, एकीकृत समाजवादीका विनोद थापाले १२०३ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका रामबहादुर खाती विजय भएका छन् । उनले ३ हजार १५० मत ल्याएर निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी एमालेका मीरादेवी रावलले २५८७ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्