Logo

एमाले सचिव पद्मा अर्यालको पति वडा सदस्यमै पराजित



काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् । लक्ष्मीपतिले स्याङ्जाको वालिङ नगरपालिकाको वडा न. १ मा एमालेबाट खुला सदस्यमा उम्मेदवारी दिएका थिए । उनलाई कांग्रेसका उम्मदेवार सम्भव अर्यालले पराजित गरेका हुन् ।

कुल १८३४ मत खसेकोमा पराजित भएका पौडेलले ६५४ मत प्राप्त गरेका थिए । वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै निर्वाचित भएका हुन् ।

उनले वडा सदस्यमा पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहयोग गर्नुहुने सबैमा हार्दिक आभार !
चुनाबमा गए पछि हार जित भै हाल्छ। जितेको अबस्थामा जनताकै काम गर्ने हो,हारेको अबस्थमा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यबाद !’



प्रतिक्रिया दिनुहोस्