Logo

भरतपुर महानगरको विवाद मिलाउन मतगणनास्थल मै सर्वदलीय बैठक



चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद मिलाउन सर्वदलीय बैठक बसेको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद सुरु भएपछि महानगरको मतगणनास्थल मै सर्वदलीय बैठक बसिरहेको हो।

अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला मत गणना अवरुद्ध भएको हो ।

मतगणना अवरुद्ध हुनुअघि ५१७७ मतगणना सकिएको थियो ।  रेनु दाहालले १८६६, विजय सुवेदीले १८१४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot