Logo

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको जित



काठमाडौं, १ जेठ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्।

उनले कांग्रेस–एमाले–विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पराजित गरेका हुन् ।

बुढामगरले २१२२ मत पाएका छन् भने रोकाले १५०५ मत पाए। त्यस्तै, उपाध्यक्षमा पनि नेकपा (माओवादी केन्द्र) कै सर्मिला बुढामगर निर्वाचित भएको माओवादी केन्द्रका युवा नेता दीपेश पुनले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot