Logo

म्याग्दीको मालिकामा एमालेका गर्वुजा निर्वाचित



म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार बेगप्रसाद गर्वुजा निर्वाचित भएका छन् ।

गर्वुजा ३०९१ मत ल्याएर अध्यक्षका विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका श्रीप्रसाद रोकाले २९७० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन निर्वाचित भएकी छिन् । उनल ३१६७ मत ल्याएर विजयी भएकी हुन् ।

उपमेयरमा कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्