Logo

काठमाडौंमा बालेन्द्र र सुनिताको अग्रता कायमै



काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साहले सुरुवातदेखि अग्रता लिइरहेका छन् । पछिल्लो मतगणना अनुसार साहले ७०८९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७४६ मत ल्याएर दोस्रो स्थानमा कायम हुँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३०० मत ल्याएकी छिन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ५८९६ मतसहित अग्रता लिइरहेकी छिन् । त्यस्तै, एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १६३२ र राप्रपाका बिनिता मगैयाले १२४९ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot