Logo

दाहालभन्दा सुवेदी ३० मतले पछाडि



चितवन, जेठ ३ । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले १७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत ल्याउदै अग्रतालाई कायमै राखेकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन् । उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् ।

प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।

महानगरको वडा नम्बर ४ को अध्यक्षमा काँग्रेसका अर्पण पोखरेल २ हजार ४९९ मतसहित विजयी हुँदा एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्