Logo

पोखरा महानगरपालिका: धनराज ८६९ मतले अगाडी



पोखरा, जेठ ३ । जारी पोखरा महानगरपालिकामा मतगणना अनुसार ८६९ मतले गठबन्धनका धनराज आचार्यको अग्रता रहेको छ ।

पछिल्लो १८,१२० मत गणना भइसक्दा धनराजले ७४१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ६५४५ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् ।
अहिलेसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ ।

अहिले वडा नम्बर २४,२५,२६ ,५ र १३ को मतगणना भईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot