Logo

हेटौडा उपमहानगरमा राप्रपाकाको अग्रता, १९८ मतले पछि परिन् लामा



हेटौडा, ३ जेठ । पछिल्लो मतगणनाको परिणाम अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।

हालसम्म २२ हजार ८ सय ५० मत गणना हुँदा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ८२६५ मत ल्याएर अग्र स्थानमा पुगेका हुन् भने नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत ल्याएर दोस्रो स्थानमा छिन् । राप्रपा भन्दा एकीकृत समाजवादी १९८ मतले पछि परेको छ ।  यस्तै, नेकपा एमालेका अनन्त पौडेलले ६५२१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबनधनका उम्मेदवार राजेश बानियाँले ११७११ मत ल्याएर अग्रता कायम गर्दा उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी सुमित्रा काफ्लेले ८०३३ मत मात्रै ल्याएकी छिन् । राप्रपाकी इन्दिरा न्यौपानेले १०१० मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot