Logo

काठमाडौंमा युवाहरुको अग्रता कायमै, बालेनले बढाए मतान्तर



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको  मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाको मतपरिणाम अनुसार साहले १० हजार ७ सय ९७ मत प्राप्त गरेका हुन् ।

उनलाई पछ््याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५७८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५०७४ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले १० हजार ४ सय ७७ मत ल्याएर अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८ मत प्राप्त गरेका छन् ।

राप्रपाका बिनिता मगैयाले २२०२ मत ल्याएकी छिन् । विवेकशील साझा पार्टीका कृति कंसाकरले ३९६ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot