Logo

विराटनगर महानगरमा कोइरालालाई २३३३ मतको अग्रता



विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २३३३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ९००० मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ६६६७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले १२२० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले ७६४६ मत ल्याएर अग्रता लिएकी छन् भने उनलाई पछ्याउदै जनता समाजवादीका अमरेन्द्र यादवले ४८४४ मत ल्याएका छन् ।

राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्यले १५०७ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२३० मत ल्याएकी छिन्

 



प्रतिक्रिया दिनुहोस्

Screenshot