Logo

तिलोत्तमाका कर्मचारीले बदमासी गरेको भन्दै नाराबाजी, मतगणना अबरुद्ध



रुपन्देही, ३ जेठ । रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो ।

तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक मत निकालेपछि कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै मत गणना बन्द गराएका हुन् ।

निर्वाचन कार्यालय बाहिर नाराबाजी भइरहेको छ । कांग्रेसका प्रतिनिधिहरुले गणनामा खटिएका एक कर्मचारीले बदमासी गरेर मत घटाएको भन्दै विरोध जनाएका हुन् ।

आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेको बेला विवाद सुरु भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot