Logo

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका विष्ट दोब्बर मतले अगाडी



नेपालगञ्ज, ३ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट दोब्बर मतले अगाडी छन् । पछिल्लो मतगणनाको विवरणअनुसार नेपाली कांग्रेसका विष्टले १० हजार १२७ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्राले ५१९८ मत प्राप्त गरेका छन् । बिष्टसँग मिश्रा ४९२९ मतले पछि परेका हुन् । त्यस्तै, राप्रपाका नन्दलाल वैश्यले ४०७२ मत पाएका छन् भने जनमत पार्टीका प्रहलाद अहिरले ३६८ मत प्राप्त गरेका छन् ।

उपप्रुखममा जसपाका कमरुद्दीन राईले ८४५३ मत ल्याएर अग्रता कायम राखेका छन् भने राप्रपाका बिन्दु चर्ति मगरले ५२४९ मत ल्याउँदा एमालेका अब्बन किंगरीयाले २५६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्