Logo

भरतपुर महानगरमा रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाईन्, विजय १६७ मतले पछि परे



काठमाडौं, ३ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । १९ हजार १ सय ८३ मत गन्दा मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेद्धवार दाहालले ६ हजार ४ सय ३९ मत ल्याएकी छिन् । एमालेका उम्मेद्धवार विजय सुवेदीले भने ६ हजार २ सय ७२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार १ सय ४९ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८ सय ४९ मत ल्याएका छन् । त्यस्तै, राप्रपाकी हिमला गुरुङ ५ हजार १ सय ५२ मत ल्याएकी छिन् । मेयरमा दाहाल र सुवेदीबीच कडा टक्कर परेको छ । अहिले वडा नम्बर ५ को मतगणना भैरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot